नेपाली नाटकबारे पोखरामा अन्तरराष्ट्रिय सेमिनार

पाेखरा | बैशाख २४, २०८०

नेपाली नाटकबारे पोखरामा अन्तरराष्ट्रिय सेमिनार

पोखरा:   नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा  पोखरामा वैशाख २८ देखि ३० गतेसम्म नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ । 


पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली नाटकबारे पहिलोपटक पोखरामा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।


 नेपाली नाट्यप्रतिष्ठानका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले  आगामी वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए । 


उनले नेपाली नाटकबारे पोखरामा हुने सेमिनारमा नेपाल र भारतका १ सय ५० बढी प्रतिनिधि आउने बताए । 


पोखरेलका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने अन्तरराष्ट्रिय सेमिनारमा भारतबाट सीपी शर्मा, सिक्किमका मुख्यमन्त्रीबा स्वकीय सचिव लगायतको उपस्थिति हुने छ । 


तीन दिन चल्ने सेमिनारमा नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा छलफल गरी त्यसबाट निस्केको निष्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने, भारत र नेपालका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध विस्तार स्थापित गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ । 


प्रतिष्ठानले २०८० सम्मका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक नाट्यग्रन्थ प्रकाशित गर्ने र प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुपाद गरी प्रकाशन गर्ने अन्तरराष्ट्रिय सेमिनारमा उद्धेश्य राखेको छ । 


सेमिनार गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजनकले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्